काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका २ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्रका डीआईजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो ।
एक मन्त्रीका अनुसार डीआईजी धौवजीको आगामी असोज २४ सम्म र न्यौपानेको आगामी माघ २९ सम्म उमेर र सेवा अवधि दुवै ननाघ्नेगरी पदावधि थप गरिएको हो ।
सशस्त्र प्रहरीका दुई डीआईजीको पदावधि थप गर्ने मन्त्रिपरिषद्को निर्णय
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्रका डीआईजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो ।

