ताराखोला । बागलुङको ताराखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि ४० करोड ६७ लाख ४७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । १८ औँ गाउँ सभामा ताराखोला गाउँपालिकाका उपाध्यक्ष भिम बहादुर रोकाले आज बजेट सार्वजनिक गरेका हुन् ।
त्यस्तै आगामी आर्थिक वर्षमा ताराखोला गाउँपालिकामा चालुतर्फ रु २२ करोड ७३ लाख ७० हजार र पुँजीगतर्फ १७ करोड ९३ लाख गरी ७७ करोड गरी कुल बजेट ४० करोड ६७ लाख ४७ हजार सार्वजनिक गरिएको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास तर्फ १ करोड ४८ लाख ३५ हजार, सामाजिक विकास तर्फ सशर्त अनुदानसहित १९ करोड ८३ लाख ८२ हजार, पुर्वाधार विकास तर्फ ११ करोड ५५ लाख ५१ हजार, विपद् व्यवस्थापनतर्फ ३० लाख ५० हजार, सुशासन तथा संस्थागत तर्फ १ करोड ३२ लाख ६० हजार र गाउँपालिकाको प्रशासनिक खर्चतर्फ ६ करोड १६ लाख ७० हजार विनियोजन गरेको छ ।
ताराखोला गाउँपालिकाले ल्यायो ४० करोड ६७ लाखको बजेट
त्यस्तै आगामी आर्थिक वर्षमा ताराखोला गाउँपालिकामा चालुतर्फ रु २२ करोड ७३ लाख ७० हजार र पुँजीगतर्फ १७ करोड ९३ लाख गरी ७७ करोड गरी कुल बजेट ४० करोड ६७ लाख ४७ हजार सार्वजनिक गरिएको हो ।