याेगेन्द्र विक, बागलुङ । बागलुुङको बडिगाड गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटना सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका कर्मचारीलाई दोषी देखाएर पालिका पन्छिन खोजेको देखिएको छ ।
गत मंगलबार भएको मोटरसाइक दुर्घटनाको दोष सव इन्जिनियर मोहन रमौलीलाई देखाएर पालिका पन्छिन खोजेको देखिएको हो । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले केही दिन अघि लेखेको कमेन्टले पनि त्यसैतर्फ संकेत गरेको छ ।
उनले फेसबुक कमेन्ट बक्समा लेखेकी छन्—‘ गाउँपालिकाको तर्फबाट लाइसेन्स नभएका कर्मचारी कोही कसैलाई पनि सवारी साधन दिएको छैन, पालिका अगाडी राखेको मोटरसाइकल लिएर हिडेछ । के गर्ने २४ घण्टा त्यहाँ मोटरसाइकल हेरेर कोही बस्ने कुरा पनि भएन ।’
उनले लेखेको कमेन्टमा बडिगाडबासीले तिब्र आलोचना गरेका छन् । सोमबार गाउँपालिकाको भवन अघि भएको युवाहरु कार्यक्रममा पनि सो कुरा उठेको हाे ।
‘बडिगाड गाउँपालिका ५ का ३९ वर्षीय कमल जिसीको मृत्युले सिंगो बडिगाड शोकमग्न रहेका बेला बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले दिएको अभिव्यक्तिप्रति अत्यान्तै दुखी छौँ’ एक स्थानीय रामबहादुर कुँवरले भने ।
उनले बडिगाड गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले दिएको प्रतिकृया गैरजिम्मेवारी रहेको आरोप लगाए ।
प्रहरीका अनुसार बिना लाइसेन्सका मोहन रमौलीलाई प्रहरीले जिल्ला चलान गरेको छ । उनीमाथि अदालतबाट म्याद थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी गंगा थापाले जनाकारी दिए ।
स्रोतका अनुसार गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कार्यालयको काम भन्दै सोमबार नै बागलुङ हानिएका छन् । स्रोत भन्छन् गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि नै प्रश्न उठेपछि उनीहरु कानुनी परामर्शका लागि बागलुङ पुगेको हुन् ।
‘कानुन अनुसार सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी साधन दिनुुनै गलत रहेको देखियो,’ स्रोतले भन्यो, ‘पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि नै गम्भीर प्रश्न उठेपछि कानुनी परामर्शका लागि जिल्ला गएका हुन्’
के हुुन्छ कारबाही ?
सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको व्यक्तिले सवारी दुर्घटना गराएर कसैको ज्यान गएमा सवारी साधान ऐन २०४९ (संशोधन) अनुसार कारबाही हुने व्यवस्था रहेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को १६१ को (दफा) १ अनुसार सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिका कारण दुर्घटना भएर कुुनै व्यक्तिको मृत्यु भएमा कसुरको मात्रा अनुसार ५ वर्षदेखि १२ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।
साथै विरामीको २१ दिनभित्र मृत्यु भएमा सवारी चलाउने व्यक्तिलाई तीन वर्षदेखि १० वर्षसम्म कैद र तीस हजारदेखि एक लाखसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
साथै चालक अनुमतिपत्र नभएको खण्डमा उपदफा १ बमोजिम कसुर गरेको व्यक्तिलाई थप दुई वर्ष र दुई हजार जरिवाना लाग्नेछ । साथै जन्मकैद हुने भए यस्तो थप जरिवाना लाग्नेछैन ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९को सजाय सम्बन्धी व्यवस्था १६ को १६१ दण्ड सजायको दफा ५ अनुसार कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यत्तिलाई सवारी चलाउन दिएर दुर्घटना भई मानवीय क्षति भएमा चलाउन दिने व्यक्तिलाई दुई वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।
वरिष्ठ अधिवक्ता राम शर्माले मृतकको परिवारले प्रहरीमा जाहेरी दिए मोटसाइकल अनुमतिकर्तामाथि अनुसन्धान शुरु हुने बताए ।
‘सवारी धनि भनेको पालिकाको प्रमुख प्रशासकीय हुन्छ,’ उनले भने, ‘परिवारले सवारी धनिविरुद्ध जिल्ला प्रहरी कार्यालयमा गएर जाहेरी दिए अनुसन्धान अघि बढ्छ ।’
याे पनि हेर्नुहाेस् ;