मितेरी सहकारीको रकम अपचलन : कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल ल्याइयो

काठमाडौं । सहकारीको रकम अपचलन गरी फरार रहेका आरोपी ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनका आरोपी भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको हो । उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । कम्बोडियाको कानुन उल्लङ्घन गरेको आरो…

मितेरी सहकारीको रकम अपचलन : कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल ल्याइयो

काठमाडौं । सहकारीको रकम अपचलन गरी फरार रहेका आरोपी ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ ।

मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनका आरोपी भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको हो ।

उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । कम्बोडियाको कानुन उल्लङ्घन गरेको आरोपमा उनी त्यहाँ पक्राउ परेका थिए ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको भन्दै उनीविरुद्ध मुद्दा परेको थियो ।