बडिगाड । बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी र मोटरसाइकल चालक मोहन रमौलीलाई कारबाहीको माग गर्दै गाउँपालिकामा निवेदन दिइएको छ ।
बडिगाड गाउँपालिकाका दुुई युवाले सवारी चालक अनुमति पत्र नभएका कर्मचारीलाई मोटरसाइकलको जिम्मा दिने प्रशासकीय अधिकृत चेतनारायण भण्डारी र चालक रमौलीलाई सवारी ऐन २०४९ अनुसार कारबाहीका लागि निवेदन दिइएको राजनकुमार पाइजाले जानकारी दिए ।
‘सरकारी सम्पत्तिको दुरुपयोग र सवारी चालक अनुमतिपत्र नभएका कर्मचारीलाई मोटसाइकलको जिम्मा दिने अनुमतिकर्ता र चालकलाई कानुन अनुसार कारबाहीका लागि ध्यानाकर्षण पत्र बुझाएका छौं,’ उनले न्यूज खरीसँग भने ।
गत मंगलबार खारबजारदेखि खाल जाँदै गरेको ध१ब ६२३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बडिगाड गाउँपालिका-५ का ३९ वर्षीय कमल जिसीको उपचारका क्रममा मृत्यु थियो ।
गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र प्रमुख प्रशासकीय अधिकृत भण्डारीले विभिन्न सञ्जालमा दिएको गैरजिम्मेवारी अभिव्यक्तिप्रति दुुखित् भएको बताउँदै दोषिमाथि कारबाहीका लागि निवेदन दिइएको अर्का निवेदनकर्ता रामबहादुर कुँवरले जानकारी दिए ।
पत्रमा भनिएको छ, ‘सवारी चालक अनुमति पत्र नभएका कर्मचारीलाई मोटरसाइकल दिनु गलत हो । साथै कार्यालय समयभन्दा बाहिर सरकारी सम्पत्तिको चरम दुरुपयोग भइरहेको देखिन आएको छ । यो अनुमति दिनेकर्ता र दुर्घटना गराउने चालकलाई सवारी ऐन र सरकारी सम्पत्तिको दुरुपयोग सम्बन्धी कसुर अनुसार कारबाहीको लागि जोडदार माग राख्दछौं ।’
साथै उनीहरुले मृतक जिसीको परिवारको सुरक्षा, रोजगारी, र न्यायका लागि गाउँपालिकाले आवश्यक पहल गर्न आग्रह गरेका छन् । पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय बागलुङ पनि रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत भण्डारीले लाइसेन्स नभएका कर्मचारीलाई फिल्डबाट फर्किपछि बेलुकी प्रशासनमा चावी बुझाउने निर्देशन भएको बताएका थिए ।
सरकारी सम्पत्तिको जिम्मा, त्यसको लगत र संरक्षण सम्बन्धी बनेको कानुन अनुसार कार्यालयमा रहेको नगद, बैङ्क मौज्दात, चेक , त्यसको स्रेस्ता, धरौटी, जिन्सीलगायतकाे जिम्मा कार्यालयप्रमुखको रहने उल्लेख गरिएकाे छ ।