काठमाडौं । कमेडी सिरियल ‘मालामाल’ अब दर्शकहरुले हेर्न पाउने भएका छन् । ओयसआर डिजिटलको प्रस्तुति रहेको उक्त सिरियलको नियमित प्रसारण ओएसआर मुभिजमा हरेक शुक्रबार राति ८ बजे हुनेछ ।
सामाजिक तथा समसामयिक बिषय उठान गरेको हाँस्यव्यङ्ग्य शैलीमा आधारित यस सिरियलले चाँडै नै दर्शकको मन जित्ने दाबी यसका परिकल्पनाकार तिलक कोइरालाको रहेको छ ।
यसमा अभिनय गर्ने कलाकारहरु राजु भुजु, श्याम राई, सन्तोष खनाल, एलिस राई, कञ्चन खड्का, सुदर्शन आचार्य, निशा पाख्रिन तामाङ, ठाकु गुरुङ, चन्द्र पाण्डेय, तिलक कोइराला आदि रहेका छन् भने नेपालकै कान्छी स्ट्यान्डप कमेडियन सुयशा खनालको पनि अभिनय रहने छ ।
दिलिप विष्टको छायाङ्कन रहेको यस सिरियलमा सङ्गीत संयोजन विनय कार्कीले गरेका छन् भने सम्पादन सन्दीप चौधरीको रहेको छ । तिलक कोइराला र चन्द्र पाण्डेयको लेखन रहेको यस सिरियलका निर्देशक सन्तोष खनाल हुन् ।
ओएसआर मुभिजमा ‘मालामाल’ (भिडियो)
काठमाडौं । कमेडी सिरियल ‘मालामाल’ अब दर्शकहरुले हेर्न पाउने भएका छन् । ओयसआर डिजिटलको प्रस्तुति रहेको उक्त सिरियलको नियमित प्रसारण ओएसआर मुभिजमा हरेक शुक्रबार राति ८ बजे हुनेछ । सामाजिक तथा समसामयिक बिषय उठान गरेको हाँस्यव्यङ्ग्य शैलीमा आधारित यस सिरियलले चाँडै नै दर्शकको मन जित्…

