नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक डाकेको छ। भोलि बुधबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा भ्रातृ संगठनको अधिवेशनलगायतका विषयमा छलफल हुने बताइएको छ। यसअघि असार १५ गत…

नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक डाकेको छ। भोलि बुधबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा भ्रातृ संगठनको अधिवेशनलगायतका विषयमा छलफल हुने बताइएको छ। यसअघि असार १५ गते आइतबार दिउँसो १ बजेका लागि बैठक डाकिएको थियो।