लागुऔषधसहित एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं।

लागुऔषधसहित एक युवक पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं। ४ उपल्लाचौरका वर्ष ३० का कृष्ण किसान रहेका छन् ।   कास्की प्रहरीका अनुसार माघ २० गते राति ८ बजे वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पोखरा ३२ मजुवाबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार उनी चेक जाँचकाक्रममा पक्राउ पक्राउ परेका थिए । उनको साथबाट ध डाईजापाम ३५ एम्पुल, फेनेरागन ३५ एम्पुल र नुर्फिन ३५ एम्पुल गरी १०५ एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । किसानलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्धामा पाँच दिन म्याद थप गरि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।