सुनको मूल्य ४ हजार २ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलाको १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको १ लाख ९२ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको म…

सुनको मूल्य ४ हजार २ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलाको १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको १ लाख ९२ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।