अहमदावादमा विमान दुर्घटना : सिट नम्बर ११ का एक यात्रु जीवितै फेला

काठमाडौं । एयर इन्डियाको विमान दुर्घटनामा एकजना यात्रु जीवितै फेला परेको प्रहरी प्रमुखले बताएका छन्। अहमदावाद प्रहरीका कमिस्नर जीएस मलिकले सो विमानको सिट नम्बर ११एमा बसेका यात्रु जीवित फेला परेको बताएका छन्। अधिकारीहरुले सार्वजनिक गरेको विवरणअनुसार सो सिटमा बेलायती नागरिक विश्वास…

अहमदावादमा विमान दुर्घटना : सिट नम्बर ११ का एक यात्रु जीवितै फेला

काठमाडौं । एयर इन्डियाको विमान दुर्घटनामा एकजना यात्रु जीवितै फेला परेको प्रहरी प्रमुखले बताएका छन्।

अहमदावाद प्रहरीका कमिस्नर जीएस मलिकले सो विमानको सिट नम्बर ११एमा बसेका यात्रु जीवित फेला परेको बताएका छन्। अधिकारीहरुले सार्वजनिक गरेको विवरणअनुसार सो सिटमा बेलायती नागरिक विश्वास कुमार रमेश बसेका थिए।

भारतीय सञ्चारमाध्यमहरुले रमेशसँग अस्पतालमा कुरा समेत गरेका छन्। ‘विमान उडेको ३० सेकेन्डमा ठूलो आवाज आयो अनि विमान दुर्घटना भयो,’ उनले भनेका छन्

उनले आफ्नो बोर्डिङ पास पनि देखाएका छन्। कमिस्नर मलिकका अनुसार उनको उपचार भइरहेको छ। दुर्घटनापछि हालसम्म २०४ जनाको शव फेला परेको छ।