कैलालीमा प्रहरीले चलायो गोली, दुईजना पक्राउ

काठमाडौं । कैलालीमा प्रहरीले गोली प्रहार गरेर दुई जनालाई बिहीबार नियन्त्रणमा लिएको छ। जिल्लाको भजनी नगरपालिका ७ मा गोली चलाएर प्रहरीले ज्यान मार्ने उद्योगका दुई जना आरोपीलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार पक्राउ पर्नेमा रिदम ढु…

कैलालीमा प्रहरीले चलायो गोली, दुईजना पक्राउ

काठमाडौं । कैलालीमा प्रहरीले गोली प्रहार गरेर दुई जनालाई बिहीबार नियन्त्रणमा लिएको छ। जिल्लाको भजनी नगरपालिका ७ मा गोली चलाएर प्रहरीले ज्यान मार्ने उद्योगका दुई जना आरोपीलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार पक्राउ पर्नेमा रिदम ढुंगाना र मिलन चन्द रहेका छन्।

ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर फरार रहेका उनीहरूलाई बिहीबार प्रहरीले कैलारी गाउँपालिका २ बाट नियन्त्रणमा लिएको थियो। इलाका प्रहरी कार्यालय टीकापुरले मुद्दा चलाएकोले उनीहरूलाई बिहीबार दिउँसो त्यता लगिँदै थियो।

त्यसैबेला भजनी नगरपालिका ७ मा उनीहरू शौच गर्न बाहिर निस्किए। त्यसपछि प्रहरीमाथि नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

गोली लागेर दुवै जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अहिले सेती प्रादेशिक अस्पताल ल्याइएको छ।

प्रहरीका अनुसार आज पक्राउ परेका दुई युवकले १२ जेठमा टीकापुरमा एक युवकलाई खुकुरी प्रहार गरेर भागेका थिए।