वडाध्यक्षसहितको बैठकमा कार्यपालिका बैठक डाक्न तयार भए मेयर शाह र उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उमेयर सुनिता डंगोलबीच कार्यपालिका बैठक सञ्चालन गर्ने सहमति भएको छ । बुधबार मेयर शाह, उपमेयर डंगोलसहित वडा १५, १७ र ३२ का अध्यक्षसहित बसेको बैठकले उक्त सहमति गरेको हो । महानगरका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नवीन मानन्धरले छ…

वडाध्यक्षसहितको बैठकमा कार्यपालिका बैठक डाक्न तयार भए मेयर शाह र उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उमेयर सुनिता डंगोलबीच कार्यपालिका बैठक सञ्चालन गर्ने सहमति भएको छ ।

बुधबार मेयर शाह, उपमेयर डंगोलसहित वडा १५, १७ र ३२ का अध्यक्षसहित बसेको बैठकले उक्त सहमति गरेको हो । महानगरका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नवीन मानन्धरले छिटै कार्यपालिका बस्ने गरी सहमति भएको जानकारी दिए ।

‘मेयरसँग कार्यपालिका सञ्चालन र नगर सभा सञ्चालन गर्ने भनेर सहमति भएको छ,’ उनले भने, ‘हाम्रो पहिलेदेखि कै एजेन्डामाथि मेयरसँग बैठक गरेका हौं । अब छिट्टै कार्यपालिका बैठक बस्छ ।’