आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँ पुगेको छ । बुधबार यसको मूल्य प्रतितोला एक लाख ९१ हजार ३०० रुपै…

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँ पुगेको छ । बुधबार यसको मूल्य प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँ थियो ।

चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले घट्दै दुई हजार १५० रुपैयाँमा झरेको छ । बुधबार यसको मूल्य दुई हजार १६५ रुपैयाँ कायम रहेको थियो ।