काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरूद्ध भष्टाचारको मुद्दा दर्ता गरेको छ। सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भष्टाचार गरेको आरोपमा तत्कालीन प्रशासकीय अधिकृत (हाल सूचना तथा प्रसारण विभागका म…

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरूद्ध भष्टाचारको मुद्दा दर्ता गरेको छ।

सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भष्टाचार गरेको आरोपमा तत्कालीन प्रशासकीय अधिकृत (हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक) प्रदीप परियारसमेत ७ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा भष्टाचारको मुद्दा दायर गरेको हो।

उनीहरूसँग ४ करोड ३१ लाख ७२ हजार दुई सय ८७ रुपैयाँ बिगो मागदाबी भएको छ।

परियारसहित महानगरका निर्देशक रविनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरीविरूद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बसुन्धरादेखि म्हेपीसम्म (सामाखुसी करिडोर) को ढल निर्माण कार्यको ठेक्कामा बोल कबोलभन्दा बढी मूल्यलाई ठेक्का दिएको भन्दै उनीहरूविरूद्ध भ्रष्टाचार अभियोग लगाइएको छ।

उक्त ढल निर्माणमा समानान्तर निर्माण सेवा प्रालि र कल्पवृक्ष कोहिनुर जेभीले ठेक्का हालेका थिए। त्यसमध्ये समानान्तरले कम मूल्यमा बोलकबोल हालेको थियो भने कल्पवृक्ष कोहिनुरले बढीमा ठेक्का हालेको थियो।