श्रीमतीसँग झगडा हुँदा श्रीमानले लगाए आफ्नै घरमा आगो

चितवन । चितवनमा एक व्यक्तिले श्रीमतीसँग झगडा हुँदा आफ्नै घरमा आगो लगाएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २७ घर भएका राम महतोले श्रीमतीसँग झगडा हुँदा आफ्नै घरमा आगो लगाएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार श्रीमती इन्द्रमायासँग घ…

श्रीमतीसँग झगडा हुँदा श्रीमानले लगाए आफ्नै घरमा आगो

चितवन । चितवनमा एक व्यक्तिले श्रीमतीसँग झगडा हुँदा आफ्नै घरमा आगो लगाएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २७ घर भएका राम महतोले श्रीमतीसँग झगडा हुँदा आफ्नै घरमा आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार श्रीमती इन्द्रमायासँग घरायसी विषयमा विवाद हुँदा महतोले खरले छाएको घरमा आगो लगाएका हुन् ।

उनले गएराती लगाएको आगोका कारण घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । आगो लगाएका कारण घर जल्दा बीस हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।