नेसपा केन्द्रीय सचिवालय सदस्य थापाले छोडे बाबुरामको साथ, प्रचण्डद्वारा पार्टीमा स्वागत

काठमाडौं । नेसपाका केन्द्रीय सचिवालय सदस्य किरण थापाको नेतृत्वमा १४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको दोस्रो सम्मेलनको उद्घाटन समारोहमा बाबुराम भट्टराईको पार्टी नेसपाका केन्द्रीय सचिवालय सदस्य थापासहित दुई दर्ज…

नेसपा केन्द्रीय सचिवालय सदस्य थापाले छोडे बाबुरामको साथ, प्रचण्डद्वारा पार्टीमा स्वागत

काठमाडौं । नेसपाका केन्द्रीय सचिवालय सदस्य किरण थापाको नेतृत्वमा १४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको दोस्रो सम्मेलनको उद्घाटन समारोहमा बाबुराम भट्टराईको पार्टी नेसपाका केन्द्रीय सचिवालय सदस्य थापासहित दुई दर्जन बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको हुुन्। उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।