एमाले सांसद ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम । नेकपा एमालेका मधेश प्रदेश सांसद दिपेन्द्र ठाकुर, धनुषाको औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादवसमेत १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोगअ अनुसन्धान आयोगले सांसद ठाकुरविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।…

एमाले सांसद ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम । नेकपा एमालेका मधेश प्रदेश सांसद दिपेन्द्र ठाकुर, धनुषाको औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादवसमेत १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोगअ अनुसन्धान आयोगले सांसद ठाकुरविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले औरही गाउँपालिकामा अस्पताल निर्माणमा अनियमिता गरेको विषयमा साँसद ठाकुरसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको पुष्टि गरे । उनका अनुसार अस्पताल निर्माण गर्न आफ्ना मान्छेलाई ठेक्का पार्न सांसद ठाकुरले चलखेल गरेका थिए ।

औरही गाउँपालिका २ देउरी परवाहामा १५ शैय्याको अस्पताल निर्माण गर्न २४ करोड ४३ लाख ५२ हजार ६५० रुपैयाको लागत अनुमान तयार गरिएको थियो । ०७८ वैशाख १७ मा बोलपत्र आह्वानको सूचना प्रकाशन भएको र बोलपत्र पेश गर्ने अन्तिम मिति जेष्ठ १६ मा आफ्ना व्यक्तिलाई ठेक्का पार्न बोलपत्र पेश गर्ने म्याद सात दिन थप गरेको तथा पुनः बोलपत्र पेश गर्ने समय जेष्ठ ३१ सम्म रहनेगरी ८ दिनको म्याद थप गरेको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको छ ।