सुनको मूल्य तोलामा ५ सयले बढ्यो

आइतबार एकै दिन दुई हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार भने बढेको छ ।

सुनको मूल्य तोलामा ५ सयले बढ्यो
काठमाडौं । आइतबार एकै दिन दुई हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार ६ सय र तेजावी सुनको मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ तोकिएको छ ।   आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार सोमबार चाँदीको मूल्य आइतबार जस्तै स्थिर छ ।