कुपण्डोलमा ठोक्किँए कार र बस

काठमाडौं । ललितपुरको कुपण्डोलमा कार र बस दुर्घटनामा परेको छ। सोमबार बिहान करिब ७ बजेतिर ललितपुर महानगरपालिकास्थित कुपण्डोलमा साझा यातायातको बस र कार दुर्घटनामा परेको हो। दुर्घटनामा एक जना महिला घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए। बागमती प्रदे…

कुपण्डोलमा ठोक्किँए कार र बस

काठमाडौं । ललितपुरको कुपण्डोलमा कार र बस दुर्घटनामा परेको छ।

सोमबार बिहान करिब ७ बजेतिर ललितपुर महानगरपालिकास्थित कुपण्डोलमा साझा यातायातको बस र कार दुर्घटनामा परेको हो।

दुर्घटनामा एक जना महिला घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।

बागमती प्रदेश ०१-०३१ च ३८६५ नम्बरको कार र बा ४ ख ५६४६ नम्बरको बस ठोक्किएका हन्। दुर्घटनाबाट कारमा रहेकी चालक रचना बाँस्कोटा घाइते छिन् । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ।