नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियारले ३३ करोड बिगो मागदाबी गर्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, सुनिल पौडेलसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको अदालतका सूचना अ…

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियारले ३३ करोड बिगो मागदाबी गर्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, सुनिल पौडेलसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक थिए। उनीविरूद्ध विभिन्न मुद्दामा भ्रष्टाचार गरेको आरोप छ। नेपाल टेलिकमको बिलिङ प्रणालीमार्फत भ्रष्टाचार गरेको आरोप छ।