काठमाडौं । चन्द्रागिरि नगरपालिका १३ दवाडीभिल्लामा मापदण्ड विपरित (स्वीकृति बिना) प्लटिङका लागि जमिन उत्खनन् गरेको पाइएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय, मेयर र वडाध्यक्षसहितको संलग्नतामा उक्त स्थानमा जमिन उत्खनन् गरेको पाइएको हो । स्रोतका अनुसार २ रोपनीको सिफारिस लिएर ३५ रोपनी जमिन उत्खनन् गरिएको छ । अहिले दिउँसो र रातिमा डोजरले जमिन सम्याउने काम भइरहेको छ ।
पालिकाका एक कर्मचारीका अनुसार नगरपालिकाका मेयर घनश्याम गिरि, प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्य, वडा नम्बर १३ का वडाध्यक्ष कृष्ण खत्रीसहितको सेटिङमा उक्त काम भइरहेको छ ।
स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत आचार्य कार्यालय समयपछि सुटुुक्क उत्खनन् (प्लटिङ) भएको स्थानमा अनुगमन भन्दै जाने गरेका छन् ।
‘मापदण्ड विपरित उक्त स्थानमा प्लटिङका लागि उत्खनन् भइरहेको छ,’ ती कर्मचारीले भने, ‘ नगरपालिकाबाट केही रोपनीको स्वीकृत लिई अरु कर्मचारी र जनप्रनिधिको सेटिङमा काम भइरहेको छ ।’
भूमाफिया भोलासिंह ठकुरी, हरि सिम्खडालगायतले कर्मचारी र जनप्रतिनिधिलाई रकम पोस्दै आएका कारण प्लटिङका लागि गरिएको उत्खनन् बारे नगरपालिका मौन छ । नगरपालिका प्रवक्ता कृष्णप्रसाद खड्गीले नगरपालिकाको आफ्नै मापदण्ड भएपनि अंशबण्डा लगायतका निहुँ बनाउँदै प्लटिङ गर्ने गरेको बताए ।
बाटोको चौडाई ६ मिटर, बिचमा १३ फिट र जम्मा क्षेत्रफलको ५ प्रतिशत खुल्ला ठाउँ छाड्ने र प्लटिङका लागि प्रतिआना ५ हजार रुपैयाँ राजश्व बुझाएर नगरपालिकाबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । तर यी व्यवस्थामाथि नै सेटिङ गरि भूमाफियाले जमिन सम्याउने काम गरिरहेका छन् ।
सोही ठाउँको जमिन उत्खनन्ले थानेटार, खड्कागाउँलगायतका स्थानीयले पिउँदै आएको खानेपानीको मुहानसमेत सुकेको छ । सोही स्थानको प्लटिङले वातावरणीय असर गरेको भन्दै राउत वस्तीका स्थानीयले वडा कार्यालयमा दिएको निवेदन वेवस्था गरेको वडाध्यक्ष खत्रीमाथि आरोप छ ।
‘हामीले रोक्न भनि बारम्बार वडा कार्यालय र न्यायिक समितिमा निवेदन दिएको छौं,’ ती रावत वस्तीका एक युवाले भने, ‘वडाध्यक्ष र न्यायिक समितिका अध्यक्षले सो कुरा वेवस्था गर्नुभयो ।’ साथै भूमाफियाका गुण्डाहरुले स्थानीयले थर्काउने गरेका छन् ।
मेयसँग नजिक भएका नगरपालिका न्यायिक समितिका अध्यक्ष राजकुमार बोगाटीले स्थानीयले दिएको निवदेन उपर कुनै कारबाही नै शुरु नगरेको ती स्थानीयको आरोप छ ।
प्लटिङका लागि जमिन सम्याउन लगाइएको डोजरले वरपरको वातावरणलाई प्रदुुषित गरेको छ । यस अघि वर्खायाममा प्लटिङका कारण मितेरीसडक मार्गको कालोपत्रे र दुई घरमा क्षति भएको थियो ।
स्रोतका अनुसार मेयरका स्वकीय भुवन गिरिले भूमाफियाहरुसँग डिल गर्ने गरेका छन् । यसअघि कवडी विषयमा भ्रष्ट्राचार भएको भन्दै कर्मचारी र जनप्रतिनिधिहरुमाथि अख्तियारमा मुद्दा चलिरहेको छ ।
प्रमुख प्रशासकीय संखुवासभामा प्रमुख जिल्ला अधिकारी, काठमाडौं जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर काम गरेका उनीमाथि नै प्लटिङमा सेटिङ गरेको स्थानीयको आरोप छ ।
एक स्थानीयले भने, ‘मेयर गिरिलाई चुनावका बेला कंलकीमा रहेको बकाइनो रेष्टुरेण्ड भुमाफियाले रकम उठाएर बुझाएका कारण भूमाफियाहरुलाई सेटिङमा गर्न सहज भएको छ ।’
नगरपालिका मातहत रहेका साना तथा मझौला ठेक्का पट्टामा मेयरकै ‘सेटिङ’ काम हुने गरेको पालिकाका एक कर्मचारीले बताए ।