यातायात व्यवसायीले फिर्ता लिए आन्दोलन, सार्वजनिक यातायात सुचारू

काठमाडौं । यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार आन्दोलन फिर्ता लिइएको हो । एक महिनाको सर्त राखेर आन्द‍ोलन फिर्ता लिएको उनले बताए । 'गण्डकी प्रदेशको पत्र आयो । अहिलेदेखि सार्वजनिक यातायात सुचारू गरिएक…

यातायात व्यवसायीले फिर्ता लिए आन्दोलन, सार्वजनिक यातायात सुचारू

काठमाडौं । यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार आन्दोलन फिर्ता लिइएको हो ।

एक महिनाको सर्त राखेर आन्द‍ोलन फिर्ता लिएको उनले बताए । 'गण्डकी प्रदेशको पत्र आयो । अहिलेदेखि सार्वजनिक यातायात सुचारू गरिएको छ,' उनले भने ।