४ बजेसम्मका लागि सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक फेरि सरेको छ। संसद् सचिवालयले दोस्रोपटक सूचना टाँस गर्दै अपराह्न ४ बजेसम्मका लागि बैठक सरेको हो । बिहान ११ बजे सुरु हुने भनिएको बैठक दलहरूबीच सहमति नहुँदा दिउँसो २ बजेसम्मका लागि सरेको थियो। २ बजेसम्म पनि सदनको गतिरोध अन्त्य गर्न विपक्षी दल तया…

४ बजेसम्मका लागि सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक फेरि सरेको छ। संसद् सचिवालयले दोस्रोपटक सूचना टाँस गर्दै अपराह्न ४ बजेसम्मका लागि बैठक सरेको हो ।

बिहान ११ बजे सुरु हुने भनिएको बैठक दलहरूबीच सहमति नहुँदा दिउँसो २ बजेसम्मका लागि सरेको थियो। २ बजेसम्म पनि सदनको गतिरोध अन्त्य गर्न विपक्षी दल तयार नभएपछि ४ बजेसम्मका लागि सारिएको हो।

विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन्।

पाण्डेका अनुसार सत्तापक्ष उच्चस्तरी छानबिन समिति बनाउनुपर्ने विपक्षीको माग छ। तर सत्तापक्षले भने यसमा सहमति जनाएका छैनन्।