कमलादीमा राजावादी र वाइसीएलबीच झडपको अवस्था

काठमाडौं । दिवंगत राजपरिवारको दीप प्रज्जवलन कार्यक्रममा ठूलो भीड जम्मा भएपछि कमलादीमा वाइसीएल र राजावादी समर्थकबीच झडपको अवस्था सृजना भएको छ । वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलन चलिरहेका बेला राजावादी समर्थकहरु नाराजुलुससहित नजिकै पुगेपछि झडपको अवस्था सृजना भएको हो । अहिले प्रहरी…

कमलादीमा राजावादी र वाइसीएलबीच झडपको अवस्था

काठमाडौं । दिवंगत राजपरिवारको दीप प्रज्जवलन कार्यक्रममा ठूलो भीड जम्मा भएपछि कमलादीमा वाइसीएल र राजावादी समर्थकबीच झडपको अवस्था सृजना भएको छ ।

वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलन चलिरहेका बेला राजावादी समर्थकहरु नाराजुलुससहित नजिकै पुगेपछि झडपको अवस्था सृजना भएको हो । अहिले प्रहरीले प्रज्ञा प्रतिष्ठानको गेट लगाएर वाइसिएलका कार्यकर्तालाई राखेको छ ।

वाइसीएलका अध्यक्ष सुवोद श्रीपालीका अनुसार राजावादीहरुले ढुंगा हानेपछि वाइसीएलले प्रतिकारको प्रयास गरेको न्यूज खरीलाई जानकारी दिए ।