यी पाँच प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौं । गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका केही भूभागमा आज दिउँसो र राति पनि वर्षाको सम्भावना छ । आज दिउँसो कोशी र गण्डकीका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका…

यी पाँच प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौं । गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका केही भूभागमा आज दिउँसो र राति पनि वर्षाको सम्भावना छ ।

आज दिउँसो कोशी र गण्डकीका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति कोशी र गण्डकीका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

सरदर मितिभन्दा १५ दिनअघि नै गएको बिहीवार कोशीबाट मनसुन प्रवेश गरेको थियो । मनसुन भित्रिएकै दिन कोशीमा ठूलो पानी पर्दा सडक, जलविद्युतलगायत संरचनामा क्षति पुगेको थियो । अब विस्तारै मनसुन पश्चिमतिर सर्दै जाने छ ।