ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ

प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाको ट्रायल सेन्टरबाट २ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं । प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाको ट्रायल सेन्टरबाट २ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बिरगञ्ज महानगरपालिका २४ रामगढवा बस्‍ने बस्‍ने २० वर्षीय सर्दुन अन्सारी रहेका छन् ।   उनले पर्सा सखुवा प्रसौनी गाउँपालिका ३ बस्‍ने ३६ वर्षीय निजामोद्दीन अन्सारीको ठाउँमा लाइसेन्सको ट्रायल परीक्षा दिएका थिए । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।