शनिबारको राजावादी प्रदर्शनलाई लक्षित गर्दै दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । शनिवार राजावादी शक्तिहरुले दरबारमार्गमा प्रदर्शन गर्ने भनेलगत्तै जिल्ला प्रशासनले भोलिदेखि नै लागु हुनेगरी असार २४ गतेसम्म निषेधित क्षेत्र घोषित गरिएको सूचना जारी गरेको हो । प्रमुख जिल्ला…

शनिबारको राजावादी प्रदर्शनलाई लक्षित गर्दै दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

शनिवार राजावादी शक्तिहरुले दरबारमार्गमा प्रदर्शन गर्ने भनेलगत्तै जिल्ला प्रशासनले भोलिदेखि नै लागु हुनेगरी असार २४ गतेसम्म निषेधित क्षेत्र घोषित गरिएको सूचना जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार दरवारमार्ग,केशरमहल,जयनेपाल हल क्षेत्रमा ५जनाभन्दा बढी जम्मा हुन र नारा जुलुस धर्ना लगायतका कार्यक्रम गर्न निषेध गरिएको उल्लेख छ ।