राजावादीको आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं । राजसंस्थाको पुनःस्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ले विजुलीबजार बबरमहलको यातायात प्रभावित भएको छ । आज पनि जारी आन्दोलनमा सहभागी राजावादीहरुले विजुलीबजार बबरमहल सडक कब्जा गरेपछि यातायात प्रभावित भएको हो । माइतीघरमा भेला भएका राजावादीहरुले नयाँ बानेश्वरतर्फ…

राजावादीको आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं । राजसंस्थाको पुनःस्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ले विजुलीबजार बबरमहलको यातायात प्रभावित भएको छ ।

आज पनि जारी आन्दोलनमा सहभागी राजावादीहरुले विजुलीबजार बबरमहल सडक कब्जा गरेपछि यातायात प्रभावित भएको हो ।

माइतीघरमा भेला भएका राजावादीहरुले नयाँ बानेश्वरतर्फ आउने क्रममा बबरमहल बिजुलीबजारको मुख्य सडक कब्जा गरेका हुन् । जसको कारण यातायात प्रभावित भएको छ ।

यातायात ठप्प भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सवारी साधन अवरुद्ध नगर्न आग्रह गरेका छन् ।

आन्दोलन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ । आन्दोलनमा राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका राजावादीहरु सहभागी छन् ।