काठमाडौँ । सिरहामा नक्कली रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । आइतबार लहान नगरपालिका ८ पशुपति स्कुल नजिकबाट चार लाख ३५ हजार नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ परेको हो ।
प्रहरीले लहान नगरपालिका वडा ९ का ३० वर्षीय अर्मान सेख र सोही नगरपालिका १९ छरापट्टीका ३० वर्षीय ओसिन सेखलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता रामचन्द्र साहले जानकारी दिए ।
उनका अनुसार मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, इलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बल नेपाल लहानबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई नक्कली रुपैयाँसहित पक्राउ गरेका छन् ।
सूचनाको अधारमा चेकजाँच गर्दा उनीहरुसँग नक्कली रुपैयाँ र रुपैयाँ अकारकै ३३ बन्डल कागजातहरु पनि बरामद भएको छ । तीनवटा मोबाइल र चार थान सिम पनि प्रहरीले बरामद गरेको छ ।
उनीहरुलाई नियन्त्रणमा लिएर सिरहा प्रहरीको हिरासतमा राखिएको छ । उनीहरु माथि जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नक्कली रुपैयाँसहित दुईजना पक्राउ
सिरहामा नक्कली रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । आइतबार लहान नगरपालिका ८ पशुपति स्कुल नजिकबाट चार लाख ३५ हजार नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ परेको हो ।

