काठमाडौँ । माघ २७ गतेको संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने भएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले यस विषयमा जानकारी दिएका हुन् ।
त्यस दिन संसद्को बैठक २स्४५ बजे सुरु हुने बताइएको छ । राष्ट्रपति भण्डारीले भने संयुक्त सभालाई ३ बजे सम्बोधन गर्ने कार्यतालिका छ ।
‘माननीय सदस्यज्युहरु सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम २०७९ साल माघ २७ गते शुक्रबार दिनको ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको हुँदा प्रतिनिधिसभाका सम्पूर्ण माननीय सदस्यहरु दिनको २ः४५ बजेभित्र नै प्रतिनिधिसभा बैठक सभा कक्षमा आफ्नो आसनग्रहण गरीदिन अनुरोध छ्।
उक्त दिन र तोकिएको समयमा निर्धारित पोशाकमा उपस्थित हुन अनुरोध गर्छु,’ सभामुख घिमिरेले भने ।
राष्ट्रपतिले माघ २७ गते संघीय संसद्लाई सम्बोधन गर्ने
माघ २७ गतेको संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने भएकी छन् ।

