कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । भोलि सोमबार बिहान ९ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्ने गरी देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जा…

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

भोलि सोमबार बिहान ९ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्ने गरी देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

महामन्त्री गगन थापा संयोजकत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले केही दिन अगाडि असार मसान्तसम्म अनिवार्य रूपमा सदस्यता नवीकरण गरिसक्ने जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको थियो ।

साउन १ गतेदेखि नयाँ सदस्यता वितरण गर्ने तयारी कांग्रेसको छ । १५ औं महाधिवेशनको पहिलो तयारीको रुपमा कांग्रेसमाथि छिटो सदस्यताको विषय टुंग्याउन दबाब छ ।