सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा १ हजार ४०० रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल…

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा १ हजार ४०० रूपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार ५ रूपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।