वर्षाका कारण हेटौंडा–काठमाडौं सडक अवरुद्ध

मकवानपुर । वर्षाका कारण हेटौंडा–काठमाडौं सडक खण्ड अन्तर्गत पर्ने कान्ति लोकपथ अवरुद्ध भएको छ। वर्षाले बागमती खोलाको डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका–२ स्थित दुई जिल्लाको सिम…

वर्षाका कारण हेटौंडा–काठमाडौं सडक अवरुद्ध

मकवानपुर । वर्षाका कारण हेटौंडा–काठमाडौं सडक खण्ड अन्तर्गत पर्ने कान्ति लोकपथ अवरुद्ध भएको छ।

वर्षाले बागमती खोलाको डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुरको भिमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका–२ स्थित दुई जिल्लाको सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट सवारी साधन आवत जावत गर्दै आएका थिए।

डाइभर्सन बगाएर सवारी आवतजावत अवरूद्ध भएपछि सो स्थानमा प्रहरी टोली पुगेको र अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।