स्याउ बोकेको 'कन्टेनर'बाट ७ किलो सुन बरामद, चालक पक्राउ

फाइल तस्बिर काठमाडौं । रसुवागढी नाकाबाट साढे ७ किलो सुन बरामद भएको छ। चीनको केरुङबाट नेपालमा आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको स्याउ बोकेको कन्टेनरबाट उक्त परिमाणको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए। प्रहरी नायब उपरीक्षक शाही…

स्याउ बोकेको 'कन्टेनर'बाट ७ किलो सुन बरामद, चालक पक्राउ

फाइल तस्बिर

काठमाडौं । रसुवागढी नाकाबाट साढे ७ किलो सुन बरामद भएको छ। चीनको केरुङबाट नेपालमा आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको स्याउ बोकेको कन्टेनरबाट उक्त परिमाणको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

प्रहरी नायब उपरीक्षक शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले नाकाबाट सुनसहित चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ का २४ वर्षीय किशोर भुजेल रहेका छन्। यसबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए।