दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई अनुसन्धानको लागि थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आइतबार प्रसाईंसहित अन्य चार जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । गत १५ चैतमा काठमाडौंक…

दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई अनुसन्धानको लागि थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आइतबार प्रसाईंसहित अन्य चार जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए । प्रहरीले सोही दिनदेखि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१५ चैतको दिन प्रसाईंले निषेधित क्षेत्रतर्फ आफैंले मोटर कुदाएर गएका थिए । प्रहरीले त्यसपछि भिड अनियन्त्रित बनेको बताउने गरेको छ । प्रसाईं भने सोही दिन काठमाडौंबाट भागेर भारत पुगेका थिए । पछि प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो ।