काठमाडौं । साफ यू–२० महिला फुटबल प्रतियोगिताको पहिलो हाफमा नेपालले भुटानमाथि अग्रता लिएको छ।
ढाकामा जारी खेलमा नेपालले पहिलो हाफमा २(० गोलअन्तरले अग्रता लिएको हो।
नेपालका लागि अमिशा कार्कीले २ गोल गरिन्।
अमिशाले खेलको १९औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। इन्ज्युरी समयमा अमिशाले नेपालको लागि दोस्रो गोल गरिन्।
साफ यू–२० महिला पहिलो हाफमा नेपाल अगाडि
साफ यू–२० महिला फुटबल प्रतियोगिताको पहिलो हाफमा नेपालले भुटानमाथि अग्रता लिएको छ।

