काठमाडौंको मखनटोलमा आगलागी, एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मखन टोलमा घर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा परी एकजना महिलाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी…

काठमाडौंको मखनटोलमा आगलागी, एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मखन टोलमा घर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आगलागीमा परी एकजना महिलाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।

सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी भएको हो । दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो ।

आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।