जिसीको शव बडिगाड ल्याएर आजै अन्तेष्टी गरिने

गत मंगलबार खारबजार देखि खालजाँदै गरेको बडिगाड गाउँपालिकाको ध१ब ६२३ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका जिसीको उपचारका क्रममा पोखरा मनिपाल अस्पतालमा मृत्यु भएको थियो ।

जिसीको शव बडिगाड ल्याएर आजै अन्तेष्टी गरिने
बडिगाड । सरकारी मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका कमल जिसी (महेन्द्र)को शव बडिगाड ल्याइने भएकाे छ । शनिबार मृत्यु भएका जिसीको आइतबार पोष्टमार्टम गरी आज बडिगाड गाउँपालिकामा ल्याएर अन्तेष्टि गरिने परिवारले जनाएको छ । गत मंगलबार खारबजार देखि खालजाँदै गरेको बडिगाड गाउँपालिकाको ध१ब ६२३ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका जिसीको उपचारका क्रममा पोखरा मनिपाल अस्पतालमा मृत्यु भएको थियो । 'अहिले बागलुङ बजारदेखि अगाडी लागेका छौं,' सदस्यले भने, 'आज साँझसम्म बडिगाड गाउँपालिकामा लगेर अन्तेष्टिको तयारी भएको छ ।'