पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसरफको निधन

रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले लेखेको समाचारअनुसार मुसरफ ७९ वर्षका थिए भने लामो समयदेखि बिरामी थिए । उनी दुबईको एक अस्पतालमा उपचाररत थिए ।

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसरफको निधन
काठमाडौं । पाकिस्तानका पूर्व सेना प्रमुख तथा पूर्व राष्ट्रपति परवेश पुशरफको निधन भएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार त्यहाँस्थित संवाददाताले यो पुष्टि गरेका छन् । रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले लेखेको समाचारअनुसार मुसरफ ७९ वर्षका थिए भने लामो समयदेखि बिरामी थिए । उनी दुबईको एक अस्पतालमा उपचाररत थिए । शरीरका अंग निस्क्रिय हुने रोग उनलाई लागेको थियो । उनको जन्म ११ अगस्त १९४३मा भारतको दिल्लीमा भएको थियो । १९४७ मा भएको विभाजन हुँदा उनी पाकिस्तानको कराँची गएका थिए ।