देशमा रोजगारी सिर्जना गर्ने कुरा समस्याको रूपमा खडा भयो : देवेन्द्र पौडेल

आइतबार सदनको विशेष समयमा बोल्दै उनले देशबाट ५५ लाख भन्दा बढी युवाहरु बिदेश गएको बताउँदै देशमा रोजगारी श्रृजना गर्ने कुरा समस्याको रुपमा देखिएको बताएका हुन् ।

देशमा रोजगारी सिर्जना गर्ने कुरा समस्याको रूपमा खडा भयो : देवेन्द्र पौडेल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव एवम् पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले देशमा रोजगारी  सिर्जना गर्ने कुरा समस्याको रुपमा रहेको बताएका छन् । आइतबार सदनको विशेष समयमा बोल्दै उनले देशबाट ५५ लाख भन्दा बढी युवाहरु बिदेश गएको बताउँदै देशमा रोजगारी सिर्जना गर्ने कुरा समस्याको रुपमा देखिएको बताएका हुन् । देशमा संघीयता आएपनि संघ र प्रदेशका कानुन बन्न नसक्दा स्थानीय तहलाई काम गर्न असहज भएको बताए । ‘संघीयता आएपनि संघीय शिक्षा ऐन, भूमिसम्बन्धी ऐन, श्रम र निजामति ऐन आउन सकेन,’ उनले भने, ‘ यस्ता विषयमा राष्ट्रिय सहमति गरेर समस्या समाधान गरौं ।’ उनले जनताको जनमतले पनि मिलेर जाउ भन्ने सन्देश दिएको बताउँदै एकअर्कालाई छेड्कान गरेर अघि बढ्न नसकिने धारणा राखे । शान्ति प्रक्रिया, गणतन्त्र स्थापना राष्ट्रिय सहमतिमा भएको बताउँदै अहिलेका मुद्दाहरुमा पनि राष्ट्रिय सहमतिको आवश्यक रहेको औंल्याएका छन् । ‘प्रतिपक्षको भूमिका आलोचना गर्ने हो,’ उनले भने, ‘तर मुल मुद्धामा एकाकार भएर अघि बढ्नुपर्छ ।’