धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा ३२ वर्षीय आशिष श्रेष्ठ पक्राउ

काठमाडौं । काठमाडौंको परोपकार पुलमुनि धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–७ घर भई हाल काठमाडौँ महानगरपालिका–५ डल…

धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा ३२ वर्षीय आशिष श्रेष्ठ पक्राउ

काठमाडौं । काठमाडौंको परोपकार पुलमुनि धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–७ घर भई हाल काठमाडौँ महानगरपालिका–५ डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए । यही वैशाख १६ गते धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१० का अन्दाजी ४२÷४३ को माइला भन्ने विक्रम तामाङका मृत्यु भएको घटनामा हत्याको अभियोगमा निजलाई पक्राउ गरिएको उहाँले बताए ।

घाइते अवस्थामा भेटिएका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा सोही दिन मृत्यु भएको थियो । अनुसन्धानका क्रममा निज श्रेष्ठले घटना घटाएको खुल्न आएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठका साथबाट घटनामा प्रयोग भएको चक्कु, सामसुङको मोबाइल एक थान तथा घटना हुँदा प्रयोग भएको झोला, सर्ट, पाइन्ट, जुत्ता, कपडाको माक्स बरामद गरिएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।

निजलाई ज्यानसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको उनले बताए ।