राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्यालले उम्मेदवारी दिने

माओवादी केन्द्र संसदीय दलको बैठक साढे १२ बजे बस्दैछ । अर्यालका अनुसार नारायणकाजी श्रेष्ठ (राष्ट्रिय सभा संसदीय दलका नेता) अलिक ढिलो आउने भएकाले दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने तयारी गरिएको छ ।

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्यालले उम्मेदवारी दिने
काठमाडौं । राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि उनी सम्भवत : निर्विरोध निर्वाचित हुने सम्भवना छ । माओवादी केन्द्र संसदीय दलको बैठक साढे १२ बजे बस्दैछ । अर्यालका अनुसार नारायणकाजी श्रेष्ठ (राष्ट्रिय सभा संसदीय दलका नेता) अलिक ढिलो आउने भएकाले दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने तयारी गरिएको छ । उनी गत वर्ष माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेश प्रदेशमा महिलातर्फ विजयी भएकी थिइन् ।