रवि लामिछानेले पार्टीको बैठक लगत्तै विशेष पत्रकार सम्मेलन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने भएका छन्। उनले सामाजिक सञ्जालमार्फत् आफूले पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका छन्।

रवि लामिछानेले पार्टीको बैठक लगत्तै विशेष पत्रकार सम्मेलन गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने भएका छन्। उनले सामाजिक सञ्जालमार्फत् आफूले पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका छन्। ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यसलगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु,’ लामिछानेले लेखेका छन्, ‘म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधा कुरा नगरेको धेरै भएछ।’