नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले बोलाए शिक्षकहरूलाई वार्तामा

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका हुन् । “शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथ…

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले बोलाए शिक्षकहरूलाई वार्तामा

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका हुन् ।

“शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु,” मन्त्री पन्तले विज्ञप्ति जारी गर्दै भनेका छन् ।