काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा छोरीको हत्या गरेर एक बाबुले आत्महत्या गरेका छन्।
रामेछाप घर भई डेरामा बस्दै आएका ३५ वर्षीय किशोर भण्डारीले सात वर्षीया छोरीको हत्या गरेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले न्यूज खरीलाई जानकारी दिए ।
रामेछाप घर भएका भण्डारी फार्मेसी सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। फरक क्षमता (अपांगता) भएकी छोरीको हत्या गरी आत्महत्या गरेको प्रवक्ता मैनालीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बानेश्वरमा ७ वर्षीया छोरीको हत्या गरी बुबाले गरे आत्महत्या
रामेछाप घर भएका भण्डारी फार्मेसी सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। फरक क्षमता (अपांगता) भएकी छोरीको हत्या गरी आत्महत्या गरेको प्रवक्ता मैनालीले बताए । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

