नवनियुक्त शिक्षामन्त्रीले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदभार ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालयमा शपथ खाएलगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई मन्त्रालयका कर्मचारीलगायतले स्वागत गरेका थिए । नेकपा एमालेका नेता पन्तलाई प्रधान…

नवनियुक्त शिक्षामन्त्रीले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदभार ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालयमा शपथ खाएलगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनलाई मन्त्रालयका कर्मचारीलगायतले स्वागत गरेका थिए । नेकपा एमालेका नेता पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले शिक्षामन्त्री नियुक्त गरेका थिए ।

यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै यही ८ वैशाखमा राजीनामा दिएकी थिइन् । नवनियुक्त शिक्षामन्त्री पन्त समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य हुन् ।