बागलुङ । बडिगाड गाउँपालिकामा कार्यरत कर्मचारीले चलाएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका कमल जिसी (महेन्द्र)को मृत्यु भएको छ ।
गत मंगलबार खारबजारदेखि खाल बजार जाँदै गरेको ध१ब६२३ नम्बरको मोटसाइकल दुर्घटनामा गम्भीर घाइते भएका ३८ वर्षीय जिसीको उपचारकाक्रममा शनिवार पोखरा मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको अस्पतालका वरिष्ठ न्यूरो सर्जन बालगोपाल महर्जनले न्यूज खरीलाई जानकारी दिए ।
दुर्घटनाबाट गम्भीर घाइते भएका जिसीको बुधबार साँझ टाउकोको अप्रेशन गरिएको थियो । टाउकोमा गम्भीर चोट लागेका उनको अवस्था निकै नाजुक भएपछि अस्पतालले बिहीबारदेखि भेन्टिलेटरको सहायतामा राखिएको अस्पतालले जनाएको छ । मृतक जिसीको भोलि पोष्टमार्टम गरी शव परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।
गत मंगलबार सवारी चालक अनुमति (लाइसेन्स) नभएका गाउँपालिकाका सव इन्जिनियर मोहन रमौलीले मोटरसाइकल चलाएका थिए । खार बजारदेखि खाल जाँदै गर्दा मोटरसाइकल मंगलबार साँझ ६ ः ३० बजे एक्लेखेल नजिकै दुर्घटना भएको थियो । मृतक जिसीको घरमा दुई छोरा र श्रीमती छन् । उनले खार बजारमा होटल व्यवसाय गर्दै आएका थिए ।
यो पनि हेर्नुहोस्
बडिगाडमा सरकारी सम्पत्तिको चरम दुरुपयोग : भयानक मोटरसाइकल दुर्घटनामा दोषी को ?
(तश्वीरहरु सहित
सरकारी मोटरसाइकल दुर्घटना प्रकरण : गम्भीर घाइते भएका जिसीको मृत्यु
दुर्घटनाबाट गम्भीर घाइते भएका जिसीको बुधबार साँझ टाउकोको अप्रेशन गरिएको थियो । टाउकोमा गम्भीर चोट लागेका उनको अवस्था निकै नाजुक भएपछि अस्पतालले बिहीबारदेखि भेन्टिलेटरको सहायतामा राखिएको अस्पतालले जनाएको छ । मृतक जिसीको भोलि पोष्टमार्टम गरी शव परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्

