शिक्षामन्त्रीमा रघुजी पन्त, बिहीबार शपथ

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुने भएका छन् । शिक्षक आन्दोलनको दबाब झेल्न नसकेपछि यसअघि सोमबार विद्या भट्टराईले राजीनामा दिएकी थिइन् । रिक्त ठाउँमा रघुजीलाई एमालेले अघि सार्ने भएको हो । पन्तको भोलि ४ बजे शपथ गराउने गरी शीतल निवासले तयारी थालेको छ…

शिक्षामन्त्रीमा रघुजी पन्त, बिहीबार शपथ

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुने भएका छन् । शिक्षक आन्दोलनको दबाब झेल्न नसकेपछि यसअघि सोमबार विद्या भट्टराईले राजीनामा दिएकी थिइन् ।

रिक्त ठाउँमा रघुजीलाई एमालेले अघि सार्ने भएको हो । पन्तको भोलि ४ बजे शपथ गराउने गरी शीतल निवासले तयारी थालेको छ । एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६३ सालमा श्रममन्त्री भएका थिए ।