जम्मुकश्मिरमा आतंकवादीको आक्रमणमा मारिएका सुदीपको शव नेपाल ल्याइँदै

काठमाडौं । भारतको जम्मू कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा परी मृत्यु भएका नेपाली सुदीप न्यौपानेको शव नेपाल पठाउने भएको छ ।नयाँदिल्लीस्थित नेपाली दूतावासले सुदीपको शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको हो । “अहिले शवको पोष्टमार्टम कार्य भइरहेको छ । यो सकिएपछि हामी शव नेपाल पठाउँछ…

जम्मुकश्मिरमा आतंकवादीको आक्रमणमा मारिएका सुदीपको शव नेपाल ल्याइँदै

काठमाडौं । भारतको जम्मू कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा परी मृत्यु भएका नेपाली सुदीप न्यौपानेको शव नेपाल पठाउने भएको छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासले सुदीपको शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको हो ।

“अहिले शवको पोष्टमार्टम कार्य भइरहेको छ । यो सकिएपछि हामी शव नेपाल पठाउँछौँ । सम्भव भएसम्म आज (बुधबार) साँझ सम्म नेपाल पठाउँछौं । दूतावसाले भन्यो ।

सुदीप गत शनिबार आमा र दुई नातेदारसँगै भारतको जम्मू कश्मीर घुम्न गएका थिए ।

आतंकवादीहरूले मंगलबार जम्मू कश्मिर घुम्न गएका पर्यटकमाथि आक्रमण गर्दा सुदीप पनि परेका थिए । घटनामा २६ जना पर्यटकको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले सुदीपको शवलाई उनकी आमा र दुई नातेदारसँगै नेपाल पठाउन लागेको छ ।

सुदीपको घर बुटवल उपमहानगरपालिका–१४ भएका कारण उनको शव नयाँ दिल्लीबाट काठमाडौं हुँदै पठाउने वा गोरखपुर हुँदै बुटवल पठाउने भन्ने निर्णय भइनसकेको छैन ।