माओवादीको निश्कर्ष राष्ट्रपतिमा सहमति, विचार मिल्ने दलसँग छलफल

नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा मिलेर जानका लागि सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ।

माओवादीको निश्कर्ष  राष्ट्रपतिमा सहमति, विचार मिल्ने दलसँग छलफल
काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा मिलेर जानका लागि सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै पार्टी सचिव देवेन्द्र पौडेलले राष्ट्रिय सहमतिका लागि अघि बढ्ने बताए। ‘राष्ट्रिय सहमति गरौं, मिलेर जाऔं, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ त्यसलाई सुधारौं भन्दा सबै पक्ष छलफलमा बस्नुहुन्छ,’ उनले भने। एमालेलाई बाहिर राख्न नखोजेको भन्दै अहिले राष्ट्रिय सहमतिको प्रयास भइरहेको उनले बताए। ‘हामी नयाँ शिराबाट छलफल गर्छौं। एमालेलाई बाहिर राखेर केही गर्न खोजेकै छैनौं। एमाले कांग्रेससहित छलफल गर्न खोजेका हौं।’ उनले भने। कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएकोले माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय लिएको पौडेलले बताए।